Rule 9A
खारेज गर्दा लिनु पर्ने दस्तुर र जरिबाना असुल गर्नेः
(१) रजिष्ट्रेशन भई सञ्चालनमा रहेको वा नरहेको
प्राइभेट फर्मको धनीले देहायका कागजात तथा
विवरण संलग्न गरी त्यस्तो प्राइभेट फर्म खारेज गरी
पाउँ भनी सम्बन्धित कार्यालयमा निवेदन दिन
सक्नेछ:-
(क) प्राइभेट फर्मले तिर्न बुझाउन पर्ने अघिल्लो: आर्थिक वर्षसम्मको कर चुक्ता गरेको प्रमाण,
(ख) प्राइभेट फर्मले तिर्न बुझाउन बाँकी रहेको - नवीकरण दस्तुर तथा जरिबाना,
(ग)/ कुनै पनि दायित्व फरफारक गर्न बाँकी नरहेको स्वघोषणा,
(घ) प्राइभेट फर्म सञ्चालनमा नरहेको भए सम्बन्धित वडा कार्यालयको सिफारिस।
(२) उपनियम (१) बमोजिम पेस भएको कागजात तथा विवरण जाँचबुझ गर्दा प्राइभेट फर्म खारेज हुने मितिसम्म तिर्न बुझाउन बाँकी नवीकरण दस्तुर तथा जरिबाना लिई सम्बन्धित विभाग वा कार्यालयले त्यस्तो प्राइभेट फर्म खारेज गरिदिन सक्नेछ। (३) प्राइभेट फर्मको धनीले उपनियम (१) बमोजिम प्राइभेट फर्म खारेजीको लागि . निवेदन नदिएको भए तापनि देहायको अवस्था : भएमा सम्बन्धित कार्यालयले प्राइभेट फर्मको रजिष्ट्रेशन खारेज गर्न सक्नेछ:-
(क) नियम ७ को उपनियम (५) बमोजिमको अवधिभित्र नवीकरण नगराएमा,
(ख) वार्षिक रूपमा बुझाउनु पर्ने फाँटवारी निर्धारितसमयमा नबुझाएमा,
(ग) विभाग वा कार्यालयबाट अनुगमन गर्दा माग गरेको कागजात तथा जानकारी पेस नगरेमा वा आवश्यक सहयोग नगरेमा,
(घ) स्वीकृत इजाजत विपरीतको कुनै कार्य गरेको पाइएमा,
(ङ) प्रचलित कानून बमोजिम प्रत्येक वर्ष कर चुक्ता गरेको निस्सा पेस नगरेमा,
(च) आयात निर्यात गर्ने प्राइभेट फर्मको हकमा प्रचलित कानून बमोजिम लेबलिङ र् अधिकतम खुद्रा बिक्री मूल्य निर्धारण गरेको नपाइएमा । (४) उपनियम (३) बमोजिम प्राइभेट फर्म खारेज गर्नुअघि प्राइभेट फर्मको धनीलाई पन्ध्र दिनको समय दिई सफाइ पेस गर्ने मौका दिनु पर्नेछ।
(५) उपनियम (४) . बमोजिमको समयावधिभित्र सफाइ पेस हुन आएकोमा त्यस्तो सफाइ समेतलाई विचार गरी र सफाइ पेस नभएमा सफाइ पेस गर्ने अवधि समाप्त भएपछि सम्बन्धित कार्यालयले त्यस्तो प्राइभेट फर्मको रजिष्ट्रेशन खारेज गर्ने वा नगर्ने कुराको निर्णय: गर्नु पर्नेछ।
(६) उपनियम (५) बमोजिम प्राइभेट फर्मको रजिष्ट्रेशन खारेज भएमा सो मितिदेखि त्यस्तो प्राइभेट फर्मको नाममा कारोबार गर्न पाइने छैन।
(७) उपनियम (३) बमोजिमको अवस्थामा प्राइभेट फर्मको रजिष्ट्रेशन खारेज गर्दा त्यस्तो प्राइभेट फर्मले ऐन तथा यस नियमावली बमोजिम तिर्न बुझाउन पर्ने दस्तुर तथा जरिबाना बाँकी रहेछ भने त्यस्तो प्राइभेट फर्मको धनीबाट सरकारी बाँकी सरह असुल गरिनेछ ।
(८) सम्बन्धित कार्यालयले उपनियम (२) वा (५) बमोजिम रजिष्ट्रेरत खारेज भएको प्राइभेट फर्मको रजिष्ट्रेशन अभिलेखमा खारेज भएको व्यहोरा जनाई सोको जानकारी सम्बन्धित कार्यालय मार्फत प्राइभेट फर्मको धनीलाई दिई विभागको वेबसाइटमा समेत प्रकाशन गर्नु पर्नेछ।